RayNewsDaily
नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले सुरु गरेको आन्दोलनमा आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।        
पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको जन्म शताब्दीका अवसर आयोजित कार्यक्रममा उहाँले नेपाली जनतालाई राजनीतिक अधिकार तथा देशलाई समृद्ध बनाउन पुष्पलालले जीवनको अन्तिम घडीसम्म गरेको सङ्घर्षको यात्रा अविस्मरणीय रहेको बताउनुभयो । नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै अध्यक्ष नेपालले यसको अन्त्यका लागि नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।    
    
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गर्नुभएको नेपाली क्रान्तिको सिद्धान्तमा कम्युनिस्ट पार्टीहरू अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।    
    
जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले माक्र्सवादी विचारधारालाई सैद्धान्तिक दृष्टिकोणले आफ्नो पार्टीले अवलम्बन गरेको बताउँदै नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गर्न जरूरी रहेको बताउनुभयो । रासस   

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update