RayNewsDaily
हान चङ तथा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बीच भेटघाट

काठमाण्डू । चीनका राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधि एवम् उप राष्ट्रपति हान चङले पेरिसमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाहसँग भेटघाट गर्नुभएको छ।

 
जुलाई २७ तारिख दिउँसो भएको सो भेटमा हान चङले अध्यक्ष बाहलाई राष्ट्रपति सी चिनफिङको अभिवादन पत्र हस्तान्तरण गर्नुभयो। चीनले आगामी वर्ष एशियाली हिउँदकालीन खेलकुदको आयोजना गर्ने भन्दै हान चङले  अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँगै मिलेर दुवै पक्ष बीचको उच्चस्तरीय मैत्रीपूर्ण सहकार्यलाई गहन पार्दै जान चीन इच्छुक रहेको बताउनु भयो । 

 
प्रत्युत्तरमा अध्यक्ष बाहले चीनले सधैं नै अन्तर्राष्ट्रिय ओलम्पिक कार्यलाई समर्थन गर्दै आएको भन्दै चिनियाँ खेलकुद प्रतिनिधि मण्डलको उत्कृष्ट छवीले यस ओलम्पिक खेलकुदका लागि महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। सीएमजी

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update