RayNewsDaily
राष्ट्राध्यक्ष सी चिनफिङ तथा पूर्वी टिमोरका राष्ट्रपतिबीच भेट-वार्ता

काठमाण्डू । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका पूर्वी टिमोरका राष्ट्रपति जोस मानुएल रामोस होर्टासँग भेट-वार्ता गर्नुभएको छ। 

2024072915041580305-1722248573.png
 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले पूर्वी टिमोरसँगै मिलेर दुवै देश सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनुका साथै दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।

पूर्वी टिमोरसँग ३ वटा “अझ उच्च” भन्ने लक्ष्यतर्फ लम्कँदै द्वीपक्षीय सम्बन्धलाई दीर्घ र स्थिर रूपमा विकसित पार्दै जान चीन इच्छुक रहेको कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ। ती ३ वटा “अझ उच्च” भन्ने लक्ष्य यस प्रकार छन्: एक, एकले अर्कालाई समर्थन गर्दै अझ उच्चस्तरीय द्विपक्षीय सम्बन्धको स्थापना गर्दै जाने। दुई, आपसी हितयुक्त र साझा जीतलाई कायम राख्दै अझ उच्च गुणस्तरीय वास्तविक सहकार्य बढाउँदै जाने। तीन, “विश्वव्यापी दक्षिणी” कार्यलाई प्रबर्द्धन गर्दै अझ उच्च तहका बहुपक्षीय सहयोग गर्दै शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्तका भावनाको प्रचार प्रसार गर्दै जाने। 

भेट-वार्ता सम्पन्न भएपछि दुवै पक्षले “जन गणतन्त्र चीन र प्रजातान्त्रिक गणतन्त्र पूर्वी टिमोर बीच सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारिने संयुक्त वक्तव्य” पनि जारी गरेका छन्।
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update