RayNewsDaily
पाकिस्तानको आदिवासी द्वन्द्वमा ४२ जनाको मृत्यु       

पाकिस्तान । उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरूबीचको भूमि विवादको द्वन्द्वमा कम्तिमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।    
    
पाकिस्तानमा आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको द्वन्द्व लामो र हिंसात्मक हुन सक्ने उनीहरूले बताएका छन् ।    
    
अधिकारीका अनुसार सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिहरू यस क्षेत्रमा बुधबारदेखि लडिरहेका छन् । बन्दुकधारीले कृषि भूमिको विवादमा गोली हानेको स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले जानकारी दिनुभयो ।    
    
आक्रमणको जानकारी दिँदै अफगानिस्तानको सिमावर्ती जिल्ला कुर्रम छेउछाउका बासिन्दाबीच लामो समयदेखि धार्मिक तनाव बढिरेको जनाउनुभएको छ ।    
    
सरकारले कुर्रम आदिवासी जिल्लामा युद्धविराम गरेपछि पनि गोलीबारी पुनः भएको खैबर पख्तुनख्वाको प्रान्तीय आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा जानकारी गराए ।    
    
स्थानीय प्रहरीका अनुसार बुधबारदेखिको द्वन्द्वमा ४२ जनाको मृत्यु हुनुका साथै १८३ जना घाइते भएका छन् ।    
    
पाकिस्तानको मानव अधिकार आयोगले द्वन्द्वले सर्वसाधारणमा क्षति पु¥याउनुका साथै आवागमन अवरुद्ध भएको जनाएको छ ।    
    
पाकिस्तानमा लामो समयदेखि सुन्नी र सिया समुदायबीच गहिरो असमानजस्यता कायम रहेको छ ।    
    
कुर्रम पूर्व आदिवासी क्षेत्रको हिस्सा हो, जुन सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा गाबिएको थियो । एएफपी

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update