RayNewsDaily
अरिङ्गालले टोकेर युवकको मृत्यु       

गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो ।    
    
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो । अरिङ्गालले टोकेर गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियोे । उहाँको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update