आइतवार काठमाण्डूमा सार्वजनिक बिदा
रे समाचार/काठमाण्डू । सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाण्डू उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।
त्यस दिन काठमाण्डू, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी सूचनामा उल्लेख छ । मन्त्रालयले आज जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८१ साल साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
सरकारले परम्परागत रूपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १५:४१
प्रतिक्रिया दिनुहोस्