RayNewsDaily
हात्ती परिचालन गरी बाघ नियन्त्रणमा       

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका-२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।    
    
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो । बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी-२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको थियो ।    
    
बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि आज मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताउनुभयो । “बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौँ,” उहाँले भन्नुभयो । बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए ।    
    
 बाघलाई नियन्त्रणमा लिन पाँचवटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको संरक्षण अधिकृत ऐरले बताउनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update