रे समाचार/काठमाडौं । आज शेयर बजार र कारोबारमा उच्च वृद्धि भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा पुगेको छ ।
गत बिहीबार पनि नेप्से सूचक २८०५ विन्दुसम्म पुगेर झरेको थियो भने आज पनि बजारले सोही विन्दुलाई छाएर फर्किएको छ । आज २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । केही दिनअघि २१ अर्ब ९१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज पनि कारोबार रकम त्यसकै हाराहारी पुगेको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ५ वटा उपमूहको सूचक नकारात्मक देखिएको छ । होटल उपसमूहको सूचक ६.६९ प्रतिशतले बढेको छ भने अन्य उपसमूह र कारोबार उपसमूहको सूचक ५ प्रतिशतभन्दा धेरैले बढेको छ । यता फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.६१ प्रतिशतले घटेको छ । रुरु जलविद्युत, सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत् लगायतका ८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ भने ५ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्दा हिमालयन लघुवित्तको ७.६२ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ६.२६ प्रतिशतले घटेको छ । हिमालयन रि इन्स्योरेन्सको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४९ करोड र सानिमा हाइड्रोपावरको ४४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।