RayNewsDaily
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा

  काठमाण्डू । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाड्नुभएको समाचार प्राप्त भएको छ । 

विद्यार्थीहरुको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उहाँकी बहिनीले देश छाडेको बीबीसी हिन्दीले जनाएको छ । प्रधानमन्त्री हसिना हेलिकोप्टरबाट भारत जानुभएको बताईएको छ । बीबीसी बङ्गला सेवाले प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीहरूको भीड भेला भएको पुष्टि गरेको छ । गएको जुलाईदेखि बङ्गलादेशमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।

देशका धेरै ठूला सरकारी जागिरमा आरक्षण खारेज गर्न विद्यार्थीहरूले माग गरिरहेका छन् । विद्यार्थीहरूको आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाएको भए पनि विद्यार्थीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामामा अडिग थिए । बङ्गलादेशमा अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ । यसैबीच सेनाले परिस्थिती सहज नभएसम्म सत्ता आफ्नो हातमा लिन सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update