RayNewsDaily
चीन-नेपाल चिकित्सा सहयोग सम्वाद

रे समाचार/काठमाण्डू । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउन जनकेन्द्रित स्वास्थ्य विकासका कार्यहरु गर्न आवश्यक रहेको बताउनु भएको छ । 

Chen-Song_-1722861220.jpg

काठमाण्डूस्थित चिनियाँ राजदूतावासको आयोजनामा सम्पन्न चीन‐नेपाल चिकित्सा सहयोग सम्वाद तथा नेपालमा कार्यरत १५औं चिनियाँ चिकित्सा टोलीको विदाई र १६ औं चिनियाँ चिकित्सा टोलीको स्वागत समारोहमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । काठमाण्डूको ठमेलस्थित काठमाण्डू गेष्ट हाउसमा हिजो साँझ आयोजित सो समारोहमा बोल्नुहुँदै राजदूत छन् सोङले नेपाली जनतालाई स्वास्थ्य सुविधा दिन चिनियाँ औषधिसँगै चिनियाँ परम्परागत विधि अपनाएर उन्नत र सुक्ष्म प्रविधीको आविष्कार गर्न पनि आवश्यक रहेको उहाँको भनाइ छ । राजदूत छन् सोङले नयाँ अध्यायको शुभारम्भमा सहकार्य गर्न चिनियाँ दूतावास, १६ औं चिनियाँ स्वास्थ्य टोली र आफू स्वयम् तयार रहेको जानकारी पनि दिनुभयो ।  

Dr.-Neupane-1722861266.jpg
चितवनस्थित वि.पी कोइराला स्मृति क्यान्सर अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेले जनवादी गणतन्त्र चीनको सहयोग र नेपाल सरकारको सहकार्यमा अस्पतालको स्थापना भएको जानकारी दिनुभयो । सन् १९९९ मा स्थापना भएदेखिनै सो अस्पतालाई चीनले सहयोग गर्दै आएको जानकारी  दिनुभयो  । मित्र राष्ट्र चीनले  क्यानसर रोगको  उपचारका लागि चिकित्सा उपकरण, औषधि र प्रशिक्षित डाक्टरहरू  सबैजसो विभागमा उपलब्ध  गराउदै आएकोमा अध्यक्ष न्यौपानेले चीन सरकारप्रति अभार व्यक्त गर्नुभयो ।


अध्यक्ष न्यौपानेले यस वर्ष बिरामीको प्रभावकारी उपचारका लागि सो अस्पतालमा चीन सरकारको सहयोगमा फिजियोथेरापी सेन्टर र अकुपञ्चर युनिटको  स्थापना  गरिएको पनि जानकारी दिनुभयो । समारोहमा राजदूत छन् सोङ, अध्यक्ष डा. विजयराज न्यौपानेले र कार्यकारी निर्देशक शिवजी पौडेलले संयुक्त रुपमा अन्तर्राष्ट्रिय परम्परागत पुनस्र्थापन उपचार केन्द्रको अनावरण पनि गर्नुभएको थियो । 

DR-1722861288.jpg
 

समारोहमा १५ औं ब्याचका चिनियाँ मेडिकल टिमलाई फूलमाला र गोल्डेन मेडल लगाएर बिदाइ गरिएको थियो भने १६ औं टिमलाई स्वागत गरिएको थियो ।  कार्यक्रममा चिनियाँ मेडिकल टीमका १५ औं ब्याचका कप्तान चाओ कुइमिनले एक वर्षको अनुभव सुनाउनुभएको थियो । चिनियाँ मेडिकल टोलीले  क्यानसर रोगीहरुको उपचारमा सक्दो मेहनत गरेको पनि कप्तान चाओ कुइमिनले  बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update