RayNewsDaily
कमला ह्यारिसको उपराष्ट्रपति टिम वाल्ज
डेमोक्र्याटिक पार्टीबाट उपराष्ट्रपतिका उम्मेदवार बन्नुभएका मिनेसोटाका गभर्नर टिम वाल्जका साथमा कमला ह्यारिस । फाइल फोटो

अमेरिका । अमेरिकी उपराष्ट्रपति एवम् राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले उपराष्ट्रपतिमा मिनेसोटाका गभर्नर टिम वाल्जलाई अघि बढाउनुभएको छ ।

डेमोक्र्याटिकबाट राष्ट्रपतिको उम्मेदवार बनेसँगै ह्यारिसले उपराष्ट्रपतिमा मिनेसोटाका वाल्जलाई अघि बढाउनुभएको हो ।

ह्यारिसले राष्ट्रपति उम्मेदवारका लागि पार्टीबाट पर्याप्त डेलिगेट भोट जितिसक्नुभएको छ । एक गभर्नर, एक प्रशिक्षक, एक शिक्षक र एक अनुभवीको रूपमा वाल्जले धेरै काम गरिसकेको र आफूलाई पनि सहज हुने ह्वारिसको विश्वास छ ।

६० वर्षीय वाल्जले सदन प्रतिनिधिको रुपमा सेवा गरिसक्नुभएको छ । उहाँ सन् २०१८ मा मिनेसोटाको गभर्नर र २०२२ मा पुनः निर्वाचित हुनुभएको थियो । एजेन्सी

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update