रे समाचार/काठमाडौं । हिजो ठूलो गिरावट आएको शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १०८.३५ अंक बढेर २७५.६७ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार भने हिजोको तुलनामा घटेको छ । हिजो हालसम्मकै उच्च २३ अर्ब ७१ करोडको शेयर कारोबार भएकोमा आज १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ११ वटा स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङ्ग खोला जलविद्युत् कम्पनी, दोल्टी पावर कम्पनी, सिटी होटल, हिमालयन रि इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएका छ । यसैगरी, नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावरको करिब ५६ करोडको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.८९ प्रतिशले बढेको छ । यसैगरी, वित्त उपसमूहको परिसूचक ७.६३ प्रतिशतले वृद्धि भएको छ भने व्यापार, जलविद्युत् र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।