रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ६.७० अंकले वृद्धि भई २७६६.३८ विन्दुमा पुगेको छ । हिजो १७ अर्ब ९५ करोडको शेयर किनबेच भएकोमा आज वृद्धि भई २० अर्ब ७ करोड ४ लाख ३४ हजार रूपियाँको कारोबार भएको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीहरुमा लगानीककर्तााहरुको आकर्षण देखिएको छ । १३ उपसमूहमध्ये सो उपसमूहको परिसूचक सर्वाधिक बढेको छ ।
आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ वटा उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५.८७ प्रतिशतले वृद्धि भएको छ । लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने अरु उपसमूहको परिसूचक सामान्य बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक आज सर्वाधिक १.२७ प्रतिशतले घटेको छ । आज ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
यसैगरी, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने विशाल बजार कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य भने सर्वाधिक ८.०४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ७ करोडको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको करिब साढे ९२ करोडको शेयर किनबेच भएको छ ।