RayNewsDaily
नेपाली बजारमा ट्रू ड्रमा (True Derma) को ट्रू स्किन (True Skin)सार्वजनिक

रमेश हतुवाली/काठमाण्डू । नेपाली बजारमा ट्रू ड्रमा (True Derma) को ट्रू स्किन (True Skin) सामग्री सार्वजनिक भएको छ ।

001-1723374571.jpg
शनिबार साँझ काठमाण्डूमा आयोजित एक कार्यक्रममा बलिवुड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले ती उत्पादनहरुको एक साथ सार्वजनिक गर्नुभएको हो । शेख चर्चित वेभ सिरिज हिरामण्डीकी अभिनेत्री हुनुहुन्छ । केकी अधिकारी कम्पनीको ब्राण्ड एम्बेसडरसमेत हुनुहुन्छ ।

0016-1723374613.jpeg
शेखले उत्पादन सार्वजनिक गर्दै धेरै ब्राण्डका सामग्री प्रयोग गरे पनि ट्रू स्किनको जस्तो अरू नभएको बताउनु भयो । आफूले धेरै प्रोडक्ट लन्च गरे पनि ट्रू स्किनको जस्तो अरू राम्रो नभेटेको भन्दै शेखले यसलाई सबैले प्रयोग गरेर यसको फाइदा उठाउन आग्रह गर्नुभयो ।

1000-1723374694.jpg
ब्राण्डका १६ वटा उत्पादन रहेका छन् । लक्जरीयस ५० यसपीएफ प्लस क्रिम, लक्जरीयस ५० यसपीएफ पल्स जेल, बेबी डिएम मस्टुराईजिङ क्रिम, ग्लो ह्वाईटिङ क्रिम, भिटामीन सी क्रिम, एक्टीभ सावर जेल, एक्टीभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराईजिङ लोस्न, कोज स्याम्फु, रिटिनल सिरम, ट्रू हेयर गेन, कोलभिट स्क्रिन लाईटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओईल बजारमा सार्वजनिक भएका छन् ।

21-1723374740.jpg
शेख आफैँले ती उत्पादनहरुको अनावरण गर्नुभएको हो । उहाँले कार्यक्रममा आफ्नो व्यक्तिगत स्किन केयरको दैनिक प्रयोग र ट्रू स्किनको प्रभावकारिताबारे समेत बताउनु भयो।

22-1723374766.jpg
नेपाली ब्राण्ड रहेको ट्रूमाले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्डका निर्देशक सुशान्त मुरारकाले जानकारी दिनुभयो । ट्रू स्किन, ट्रू ड्रमा कम्पनीको नयाँ उत्पादन हो । छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा यी सामग्रीले क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

0015-1723374819.jpg
उत्पादनलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिनुभयो । ट्रू स्किनले छालालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उहाँको भनाइ छ । ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्‍न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको मुरारकाले बताउनु भयो ।

007-1723374905.jpg
‘यो उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्नेछ र छालालाई स्वस्थ र आकर्षक बनाउने विश्वास लिएको मुरारकाले विश्वास व्यक्त गर्नुभयो ।

0010-1723374956.jpg
0013-1723375016.jpg
008-1723375065.jpg
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update