RayNewsDaily
विद्यालयमा भएको इजरायली आक्रमणपछि ७५ शवको पहिचान   

गाजा पट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र) । इजरायलद्वारा एक विद्यालय भवनमा साताको अन्त्यमा भएको आक्रमणमा मारिएका प्यालेस्टिनीहरूको ७५ शव पहिचान गरेका छन् । उद्धारकर्ताहरूले कम्तीमा ९३ जनाको मृत्यु भएका बताएका छन् ।    
    
 इजरायली सेनाले गाजा सहरको अल–ताबीन धार्मिक विद्यालय परिसरमा शनिबार बिहान गरेको आक्रमणमा कम्तीमा १९ प्यालेस्टिनी लडाकू मारिएको बताएको छ ।    
    
 “अल–ताबीन स्कूलमा भएको आक्रमणमा ९३ जनाको मृत्यु भएको छ, जसमध्ये ७५ को पहिचान गरिएको छ”, गाजा नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसालले एएफपीलाई भन्नुभयो । उहाँका अनुसार मृत्यु हुनेमा ११ बालबालिका र छ महिला रहेका छन् ।    
    
 गाजा शहरको अल–अहली अस्पतालका चिकित्सक अमजद अलिवाले आक्रमणमा मारिएका ७५ जनाको पहिचान भएको पुष्टि भएको बताउनुभयो ।    
    
 “अझै पनि पूर्ण रूपमा नष्ट भएका शवहरू छन् (जसको पहिचान अज्ञात छ)”, उहाँले भन्नुभयो, “त्यहाँ दक्षिण (गाजापट्टी) मा विस्थापित भएका केही यस्ता परिवार पनि छन् र आफ्ना प्रियजनहरूलाई चिन्न आउन सक्तैनन् ।”    
    
 यसैबीच, इजरायली समाचार वेबसाइट वाल्लाले सेनालाई उद्धृत गर्दै हमलामा ३८ आतङ्ककारी मारिएको जानकारी दिएको छ ।    
    
हमास लडाकूहरूले इजरायल र यसका सुरक्षा बलहरू विरुद्ध आक्रमणको योजना बनाउन कमाण्ड र कन्ट्रोल सेन्टरका रूपमा प्रयोग गरिरहेको सूचना प्राप्त गरेपछि विद्यालय परिसरमा आक्रमण गरेको सेनाले बताएको छ । एएफपी     

 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update