प्रधानमन्त्री ओली र अमेरिकी उप-विदेशमन्त्री वर्माबीच भेटवार्ता
रे समाचार/काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आर. वर्माबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज अपराह्न प्रधानमन्त्री ओली र अमेरिकी उप-विदेशमन्त्री रिचार्डबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उप-विदेशमन्त्री रिचार्ड आजै नेपाल भ्रमणमा आउनुभएको हो ।
नेपाल भ्रमणको क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१ १४:२७
प्रतिक्रिया दिनुहोस्