RayNewsDaily
कान्तिपुर सिटी कलेजद्वारा ‘केसीसी एक्जिबिट २०२४’ को आयोजना

रमेश हतुवाली/काठमाण्डू । काठमाण्डू पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजले आजदेखि १७ औं ‘केसीसी एक्जिबिट २०२४’ को आयोजना गरेको छ । सो प्रदर्शनीमा सोही कलेजका विद्यार्थीहरुले तयार गरेका विज्ञान, प्रविधि र सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमूना र नेपालको समृद्धि तथा आर्थिक उन्नतीका लागि दीर्घकालीन विकास संरचनाका झलकहरु लगायतका विभिन्न पक्षहरु समावेश गरिएको छ ।   

Prakash-Mansingh_Ramesh_Hatuwali_Pic-1723808421.jpg

 प्रकाशमान सिंह, उपप्रधान तथा शहरी विकासमन्त्री 

सो प्रदर्शनीको उद्धघाटन गर्नुहुँदै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा पढ्ने विद्यार्थीहरुको संख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेपालमै बसेर केही गर्छु भन्ने भावनाको विकास गर्न अत्यन्त आवश्यक रहेको बताउँनुहुँदै मन्त्री सिंहले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरु नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने पनि बताउनुभयो । यत्तिवेला जताततै यो भएन उ भएन, अरु गर्नुपर्यो भनेर भन्न सजिलो मान्नेहरुले आफुले पनि केही गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । आफू जनप्रतिनिधि भएको बताउनुहुँदै मन्त्री सिंहले जनप्रतिनिधिलाई सबै कुरो थाहा नहुने भएकोले शैक्षिक तथा अन्य क्षेत्रको विकासका लागि कस्तो खालको ऐन र नीति बनाउने हो त्यसबारेमा सुझाव दिन आग्रह गर्नुभयो । सूचना प्रविधि र वा एआईको जमानामा आफूमा भएको सीप आदनप्रदान गर्नसक्ने हो भने ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु नपर्ने मन्त्री सिंहको धारणा रहेको छ । उहाँले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै सकारात्मक विचार आवश्यक रहेको पनि बताउनुभयो । 

Ganesh_Shah_Ramesh_Hatuwali_photo-1723808481.jpg
गणेश साह, पूर्वमन्त्री

पूर्वमन्त्री तथा वातावरण संरक्षण अभियन्ता गणेश साहले हरेक विद्यार्थीले आफ्नो ज्ञान विश्वमा जोड्न सुझाव दिँदै विद्यार्थीहरु सिर्जनशील र क्रियाशील हुनुपर्नेमा जोडदिनुभयो ।  उहाँले मुलुकबाट पंचायती व्यवस्था र राजतन्त्र हटाउन सफल भएपनि गरिबी हटाउन नसकेको भन्दै नेपाली विद्यार्थीहरुलाई विदेश जान रोक्नुपर्ने बताउनुभयो ।

प्राध्यापक रामकृष्ण रेग्मीले समय सापेक्ष शिक्षाका माध्यमबाट कान्तिपुर सिटी कलेजले राम्रो उपलब्धी हासिल गरेको बताउनुभयो ।

.-1723808624.jpg
नेपाल व्यवस्थापन संघ म्यानका महासचिव इन्द्र कुमार श्रेष्ठले कान्तिपुर सीटी कलेजको प्रर्दशनी निरन्तरता मात्र नभई रुपान्तरणका लागि पनि भएको बताउनुहुँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कम्प्युटर एसोसिएसन अफ नेपाल अध्यक्ष रणजितकुमार पोद्धारले केसीसी एक्जिबिटको सफलताको लागि शुभकामना व्यक्त गर्नुहुँदै काम नपाईने शैक्षिक प्रमाणपत्रको कारण नेपाली विद्यार्थीहरु विदेशीएको भन्दै त्यसलाई रोक्न आवश्यक नीति ल्याउनुपर्ने सुझाव दिनुभयो । 

ex-1723808760.jpg
पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन ई.देवी प्रसाद भट्टराईले कक्षा कोठाभित्र सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै उच्च शिक्षा अध्ययनका नाममा विदेश पलायन रोक्नुपर्ने बताउनुभयो । उहाँले प्रत्येक वर्ष उच्च अध्ययनका नाममा वार्षिक एक खर्ब रुपैंयाँ विदेशिने गरेको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्न सरकारले साथ दिनुपर्ने बताउनुभयो ।

कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलले केसीसी एक्जिबिटले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने भएकाले यसलाई निरन्तरता दिएको जानकारी दिनुभयो । 

कान्तिपुर सिटी कलेजका अध्यक्ष सुमन कटवालले प्रर्दशनीको माध्यमबाट विद्यार्थीहरुको सीप र दक्षता अझ निखारिने बताउनुहुँदै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

भोलि शनिबारसम्म चल्ने सो प्रर्दशनीमा ३० वटा स्टलहरु रहेका छन् । प्रदर्शनीमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहितका कलाकारहरुका विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना गरिने भएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update