परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता
रे समाचार/काठमाडौं । भारत भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो
भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री राणाको यो पहिलो औपचारिक भ्रमण हो ।
द्विपक्षीय वार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री राणाले आज नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइए पनि समय भने तय भएको छैन ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ १४:१०
प्रतिक्रिया दिनुहोस्