रे समाचार/काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
आचार्यले प्रदेशसभामा पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उहाँले ७० मत पाउनुभएको हो । उहाँको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिनुभयो ।
आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । आज आचार्यलाई एमाले र कांग्रेससहित जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका छन् । आचार्यको विपक्षमा भने माओवादी र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका छन् । राप्रपाका ४ जना सांसद भने तटस्थ बसेका सभामुख जानकारी घर्ती मगरले दिनुभयो । लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहेका छन्।