RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २.११ अंकले वृद्धि भई २९६८.४४ विन्दुमा पुगेको छ ।

तीव्र उतारचढाव भएको बजारमा पनि आज कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा निकै घटेको छ । आज १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । केही दिनअघि मात्रै ३० अर्बभन्दा माथिको शेयर कारोबार भएकोमा आज कारोबार रकम ह्वातै घटेको हो । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ । फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.९९ प्रतिशतले बढेको छ भने व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ ।

आज ४ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ भने ५ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कर्णली डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मातृभूमि लघुवित्तको ५.९८ प्रतिशत र सम्पदा लघुवित्तको ५.४८ प्रतिशतले घटेको छ । आज पनि हिमालयन रि इन्स्योरेन्सको बैभन्दा धेरै ६६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको ४५ करोड ७८ लाख, एभरेष्ट बैंकको ४५ करोड ९ लाख र सानिमा हाइड्रोपावरको ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update