RayNewsDaily
हिजबुल्लाहका हजारौं रकेट लन्चर नस्ट गरेको इजरायलको दाबी        

जेरुसेलम । इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौं रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको छ ।     
     
“ करिब एक सय वटा आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हजारौं हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।     
     
तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए ।     
     
इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाव शोशानीले भन्नुभयो, “हिजबुल्लाले उत्तरी इजरायलतर्फ सयौँ रकेट र युएभी प्रहार गरेको छ ।”     
     
“हिजबुल्लाहबाट भएको आक्रमण ‘योजनाबद्ध रूपमा गरिएको ठूलो आक्रमण योजनाको एक हिस्सा थियो र हामी आज बिहान यसको ठूलो मात्रालाई विफल पार्न सफल भयौँ,” हिजबुल्लाहले के लक्षित गरेको थियो भन्ने जानकारी दिन अस्वीकार गर्दै शोशानीले भन्नुभयो ।     
     
“हामी अहिले आक्रमणपछिको अवस्थाको आँकलन गरिरहेका छौँ । अझै पनि केही आक्रमणहरू भइरहेका छन्,” शोशानीले भन्नुभयो ।     
     
“आक्रमणबाट त्यहाँ सामान्य क्षति भएको छ,” उहाँले भन्नुभयो ।     
     
शोशानीले हिजबुल्लाहमाथि आइतबार भएको आक्रमणमा अमेरिकासहित इजरायलका साझेदारले भाग नलिएको बताउनुभयो ।     
     
उहाँले भन्नुभयोे, “आइतबार बिहान इजरायलीतर्फबाट केही कारबाही भएका छन् ।”  एएफपी
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update