RayNewsDaily
लोक मञ्च कार्यक्रमको २०० भाग पूरा

रमेश हतुवाली/काठमाण्डू । नेपाली लोक भाखा र लोकसंस्कृतिको संरक्षण गर्दै आमदर्शकलाई मनोरञ्जन गराउने उद्देश्यले रे टेलिभिजन एचडीबाट नियमित रुपमा प्रसारण भइरहेको कार्यक्रम लोक मञ्चले दुईसय भाग पूरा गरेको छ । 

WeChat-Image_20240826143732-1724665699.jpg
सो अवसरमा बोल्नु हुँदै रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलले कार्यक्रम लोकमञ्चले २०० भाग पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । आधुनिकीकरणको नाममा नेपाली संस्कृति पश्चिमीकरण हुँदै गएकोमा सचेत हुनुपर्ने बताउँदै अध्यक्ष पौडेलले रे टेलिभिजन यस विषयमा सचेत रहेको पनि जानकारी दिनुभयो । 
Lok-Munch-200-Volume-2081-5-9--1724666480.jpg

कार्यक्रम लोकमञ्चका सञ्चालक शिवराम भण्डारीले रे टेलिभिजनमा नियमित रुपमा सञ्चालन भैरहेको लोकमञ्च कार्यक्रम सबैको साथ, सहयोग र शुभेच्छाले गर्दा २ सय भाग सम्म अविरल रुपमा सञ्चालन भैरहेको जानकारी दिनुभयो । कार्यक्रम सञ्चालक भण्डारीले आगामी दिनहरुमा पनि नेपाली लोकभाखा र लोकसंस्कृतिको संरक्षणमा लागिरहने बताउनुभयो । 

सो अवसरमा बोल्नुहुँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरका अध्यक्ष मिठाराम केसीले लोकले मन पराउने सांगितिक अभिव्यक्तिनै लोकगीत भए पनि पछिल्लो समयमा लोकगितका नाममा विक्रिती भित्रिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै शिक्षक कुलबहादुर सिलवालले अहिलेको पुस्ता लोकभाखा र लोकगीतप्रति अनभिज्ञ भइरहनु दुःखको कुरो भएकोले उनीहरुलाई लोकभाखा र लोकसंस्कृतिको महत्व र आवश्यकताबारे जानकारी दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा रे टेलिभिजनका समाचार निर्देशक व्याकुल पाठक, कार्यक्रम निर्देशक रोशन के.सी., धार्मिक तथा पर्यटन अभियन्ता चरसुन्दर महर्जन लगायतले कार्यक्रम लोकमञ्चको निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभयो । 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update