RayNewsDaily
शेयर बजारमा १११ अंकको गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज उच्च अंकको गिरावट देखिएको छ । शेयर बजार मापक नेप्से सूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको छ । बजारले २८०० को सपोर्टलाई पनि तोडेर तल झरेको छ । यसले बजारमा विक्री चाप उच्च रहेको देखाउँछ ।

सूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ । आज कारोबार रकम १८ अर्ब रुपैयाँमा नै सीमित भएको छ । आज १८ अर्ब ६४ लाख ९५ हजार ३३ हजार रुपैयाँमा खरिद बिक्री भएको छ। आज कारोबारमा आएकामध्ये १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने होटल उपसमूहको सूचक मात्र सकारात्मक देखिएको छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लगानी उपसमूहको सूचक ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।

घटेको बजारमा पनि तारागाँउ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने रिडी हाइड्रोपावरको ८.५८ प्रतिशत र नेश्नल हाइड्रोपावरको ७.६७ प्रतिशतले घटेको छ । आज हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ४२ लाख, अपी पावरको ५१ करोड ७५ लाख र अरुण भ्याली हाइड्रोपावरको ४५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update