RayNewsDaily
शेयर बजार झिनो अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज झिनो अंकले वृद्धि भएको छ । हिजो उच्च अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक आज ३.८० अंक बढेर २७८६.४० विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो १८ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएकोमा आज १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, आत्मनिर्भर लघुवित्त र माई खोला हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ६.८८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज चन्दागिरी हिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेपाल फाइनान्सको साढे ४१ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरन्सको ३८ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ वटाको घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले वृद्धि भएको छ । अन्य उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update