RayNewsDaily
प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव चन्दबीच छलफल   

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।    
    
 प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा समाजवादी मोर्चा नेपाल घोषणापछिको अवस्था र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।    
    
 प्रधानमन्त्रीका स्वकीय सचिव गङ्गा दाहालका अनुसार समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा तथा पार्टी एकताबारे दुई शीर्ष नेताबीच गम्भीर छलफल भएको हो ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update