काठमाण्डू । सेप्टेम्बर २ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङको जनवृहत सभाहलमा चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा भाग लिन चीनमा रहेका इरिट्रियाका राष्ट्रपति इसाईससँग भेटवार्ता गर्नुभयो।
सी चिनफिङले दौत्य सम्बन्ध स्थापना भएको ३० वर्षदेखि चीन र इरिट्रियाले एकअर्कालाई स्वतन्त्र परराष्ट्र नीति अपनाउने र राष्ट्रिय सार्वभौमशत्ता र मर्यादाको रक्षा गर्न दृढतापूर्वक जोड दिएको बताउनुभयो। उहाँले चीन इरिट्रियासँग राजनीतिक पारस्परिक विश्वासलाई गहिरो बनाउन, व्यावहारिक सहयोग प्रवर्द्धन गर्न र साझा विकास हासिल गर्न इच्छुक उल्लेख गर्नुभयो।
प्रत्युत्तरमा इसियासले भन्नुभयो,“चीन बढ्दो रूपमा विश्वव्यापी शासन परिवर्तनको नेतृत्व गर्ने प्रमुख शक्ति बनेको छ। इरिट्रिया-चीन सम्बन्धको गहिरो इतिहास, बलियो मित्रता र राम्रो सहयोग रहेको छ। इरिट्रिया दृढताका साथ एक चीन नीतिको पालना गर्दछ। अफ्रिका-चीन सहयोगले अफ्रिकासँगको अन्तर्राष्ट्रिय सहयोगमा महत्वपूर्ण भूमिका खेल्छ। इरिट्रियाले चीन-अफ्रिका सहयोग शिखर सम्मेलनको यो मञ्च सफलताको कामना गर्दछ।” सीएमजी