RayNewsDaily
शेयर बजारमा भारी गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से सूचक आज ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा झरेको छ । घटेको बजारमा कारोबार रकममा पनि कमी आएको छ । आज १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँ बराबरको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । घटेकामध्ये फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.१५ प्रतिशतले घटेको छ भने होटल उपसमूहको सूचक पनि ४ प्रतिशतले घटेको छ ।  माइक्रोफाइनान्स उपसमूहको सूचक भने सबैभन्दा कम १ प्रतिशतले मात्र घटेको छ। घटेको बजारमा पनि ५ वटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लागेर बढेको छ। आज एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने इष्टन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

गुडविल फाइनान्सको शेयरमूल्य ८.७३ प्रतिशतले घटेको छ भने हिमालयन पावर पाटनरको ७.६३ प्रतिशत र सुपर माइ हाइड्रोपावरको ७.४८ प्रतिशतले घटेको छ । आज नेपाल फाइनान्सको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख, हिमालयन रि इन्स्योरेन्सको २९ करोड ८० लाख, एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख र सानिमा रिलायन्स इन्स्योरेन्सको २८ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update