RayNewsDaily
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जानुहुने भएको छ ।     
     
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ । उहाँ आगामी असोज ४ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।     
संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ । नेपालले राष्ट्रसङ्घको वडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अङ्ग मान्दै आएको छ । विश्व शान्तिका लागि नेपालले राष्ट्रसङ्घको छातामुनी रही महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । रासस    

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update