रे समाचार/काठमाडौं । केही दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा आज पनि गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा बन्द भएको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक ८.९८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ भने इमर्जिङ्ग नेपाल र सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ७.७८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब २८ करोडको शेयर कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्ट नेपालको करिब २४ करोडको शेयर किनबेच भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशतले घटेको छ । यसैगरी, बैंकिङ्ग, वित्त, जलविद्युत्, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।