काठमाडौं । चिनियाँ शिक्षक सम्मेलन सेप्टेम्बर ९ र १० तारिख बेइजिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा चिनियाँ केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो सम्मेलनलाई महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ ।
सेप्टेम्बर १० मा चीनको ४०औँ शिक्षक दिवस हो, राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका तर्फबाट देशभरका शिक्षक-शिक्षिकालाई शिक्षक दिवसको अवसरमा हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको छ।
आफ्नो सम्बोधनमा उहाँले शिक्षक-शिक्षिका तथा शिक्षालाई सम्मान गर्ने चिनियाँ जातिको राम्रो परम्परा भएको औँल्याउँदै शिक्षकको राजनीतिक, सामाजिक तथा व्यावसायिक स्थान बढाउनुपर्ने र शिक्षक शिक्षिकाको पेशामा सुधार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । शिक्षकको पेशा, अनुभव र वैधानिक अधिकार कायम राख्न तथा उत्कृष्ट शिक्षकको चयन गर्न र प्रसार गर्नका लागि निरन्तरताका साथ सुदृढ पारेर शिक्षकको उच्च सामाजिक प्रतिष्ठा तथा स्थान उचो बनाउन पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो । सिजिटिएन