RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । शेयर बजार आज पनि घटेरै बन्द भएको छ । पछिल्लो ४ कारोबार दिनदेखि ओरालो लागिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज १३ वटै उपसमूहको परिसूचक घटेसँगै नेप्से परिसूचक पनि घटेको छ । आज नेप्से परिसूचक १३.०९ अंक घटेर २६३२.९४ विन्दुमा झरेको छ ।

आज वित्त र जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०४ प्रतिशत घटेको छ । बाँकी उपसमूहको परिसूचक सामान्य घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । हिजो करिब साढे ९ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतले वृद्धि भएको छ । कारोबार रकमका आधारमा आज एचआईडिसिएलको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड ८१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update