RayNewsDaily
शेयर बजारमा उच्च गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो साताको बुधबारदेखि घटिरहेको बजार गत साताको अन्तिम कारोबार दिन ७८.३१ अंक बढेर बन्द भएको थियो तर नेप्सेले सो वृद्धिलाई निरन्तरता भने दिन सकेन ।

शेयर बजार मापक नेप्से परिसूचक आज ५०.७३ अंक घटेर २६३७.७९ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । गत बिहीबार ८ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी र इष्टर्न हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, तेह्रथुम पावर कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले वृद्धि भएको छ भने बलेफी हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज थ्रिस्टार हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६३ प्रतिशतले घटेको छ । यसैगरी, वित्त उपसमूहको परिसूचक साढे ३ प्रतिशतले घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचकमा २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने जलविद्युत्, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update