RayNewsDaily
विश्वकर्मा पूजा गरियो

काठमाडौं । आश्विन संक्रान्तिका दिन आज विश्वकर्मा पूजा आरधना गरी वास्तु तथा विश्वकर्मा पूजा गरिएको छ ।

आज आआफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, औजारलगायतको पूजा गरी विश्वकर्मा पूजा गरिएको हो । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पूजा गरिन्छ ।

बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update