RayNewsDaily
सुदूरपश्चिममा ४.३ रिक्टरस्केलको भूकम्प

रे समाचार/काठमाडौं ।  सुदूरपश्चिममा ४.३ रिक्टरस्केलको भूकम्प गएको छ । आज बिहान १०ः ८ बजे खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाका अनुसार बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महसुस भएको छ ।  भदौ २८ गते  बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा साँझ ८ बजेर ३५ मिनेट जाँदा ३.७ रिक्टर स्केलको भूकम्प गएको थियो ।

डोटी, खप्तड राष्ट्रिय निकुञ्ज र बझाङ केन्द्रबिन्दु भएर पटक-पटक भूकम्प जाने गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update