RayNewsDaily
पत्रकार शम्भु श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’

काठमाण्डू । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि.ले स्थापना गरेको  ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ ।

WeChat-Image_20240919112724-1726725397.jpg
स्व. गौतमको दोस्रो स्मृृति दिवस असोज २ गते बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुनुहुने श्रेष्ठ विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको राशी एक लाख रुपियाँ छ ।

श्रेष्ठले पुरस्कारबापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीको उपचारका लागि समर्पित गरेका छन् । करेन्ट पब्लिकेशनले पनि थप ५० हजार रकम दियालीको उपचारका दिने घोषणा प्रालिका प्रबन्ध निर्देशक किरण गौतमले घोषणा गर्नुभयो ।

WeChat-Image_20240919113328-1726725474.jpg
 

कार्यक्रममा अरु दुई प्रतिष्ठित व्यक्तित्व गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई पनि प्रा.लि.का अध्यक्ष प्रदीपा गौतमले प्रशंसापत्र प्रदान गर्नु भयो । गेहेन्द्रमान अमात्य नेपाली छापा प्रकाशनको इतिहासमा जिन्क ब्लक बनाउने व्यक्ति का रुपमा परिचित हुनुहुन्छ ।

यस्तै, रघु घिमिरेले नेपाली पत्रकारितामा अतुलनीय योगदान दिनुभएको मा सम्मानित हुनु भएको छ । प्रशंसापत्रका साथमा उँहाहरुले जनही ५० हजार रुपियाँ प्राप्त गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update