RayNewsDaily
लागुऔषध दुरुपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी       
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमबार ओखलढुङ्गामा निकालिएको सचेतनामुलक र्‍यालीमा सहभागीहरु । तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस

काठमाडौं । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार-पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयको आयोजनामा आज प्रभातफेरी निकालिएको हो ।    
भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।    
    
सो अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मन्त्रालयका उच्च अधिकारी, युवा तथा विद्यार्थीलगायतको सहभागिता रहेको थियो । प्रभातफेरीमा सहभागीले लागुऔषधको दुव्र्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए ।  

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update