RayNewsDaily
श्रीलंकामा दोस्रो चरणको मतगणना हुने
राष्ट्रपतिका एकजना उम्मेदवार अनुरा कुमार दिसानायके ।

काठमाण्डू । श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनमा दोस्रो चरणको मतगणना हुने भएको छ । 

कुनै पनि उम्मेद्वारले जित्न आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि श्रीलंकाको इतिहासमै पहिलो पटक दोस्रो चरणको मतगणना हुने भएको हो । यस्तो घटना श्रीलंकाको इतिहासमा पहिलो पटक भएको हो ।

यसैकारण निर्वाचन आयोगले अब मतदाताको दोस्रो र तेस्रो प्राथमिकताका आधारमा मत गणना गर्नेछ । चुनावका समयमा मतदातालाई आफ्नो प्राथमिकताअनुसार तीनजना उम्मेदवार छनोट गर्न आग्रह गरिएको थियो।

अनुरा कुमार दिसानायके र साजिथ प्रेमदासा बाहेक अन्य सबै उम्मेदवार चुनावी दौडबाट बाहिरिएको निर्वाचन आयोगले पत्रकार सम्मेलनमा जनाएको छ । पहिलो चरणको मतदानको नतिजा अझै सार्वजनिक भएको छैन। श्रीलंकाको निर्वाचन कानुन अनुसार उम्मेदवारलाई जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ । एजेन्सी

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update