RayNewsDaily
विवादास्पद व्यवसायी दुर्गा प्रसाईं पक्राउ        

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।     
     
प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”   
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update