RayNewsDaily
अरिङ्गालले टोकेर चारजना घाइते    

लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका-३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     
     
प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर-५ बाख्रेगजतका १३ वर्षीया रीना गुरुङ, १२ वर्षीया अर्जना तामाङ, १३ वर्षीया सङ्गीता तामाङ र १० वर्षीया करुणा गुरुङ घाइते भएका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले उनीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको उहाँले बताउनुभयो ।     
     
घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । घरबाट विद्यालयसम्म आउँदा जङ्गलको बाटो पर्ने प्रहरीले जनाएको छ । रासस     
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update