RayNewsDaily
शेयर बजारमा पुनः गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार शेयर बजारमा उच्च अंकको गिरावट आई नेप्से परिसूचक घटेर पुनः २५०० विन्दुभन्दा तल झरेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३२.८१ अंक घटेर २४८६.७६ विन्दुमा झरेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । हिजो ४ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशतले बढेको छ ।

यसैगरी, बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । ग्रीन भेन्चर्स लिमिटेडको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । दोर्दी खोला जलविद्युत् कम्पनीको शेयरमूल्य भने साढे ७ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा आज अपि पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनएलजी इन्स्योरेन्सको साढे १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज दुई वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update