RayNewsDaily
पचास शय्याको जाजरकोट अस्पताल हस्तान्तरण   

जाजरकोट । पचास शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सङ्घीय आयोजना कार्यान्वन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमबार हस्तान्तरण गरेको हो ।    
    
विसं २०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो भने २०७९ चैत २४ गते निर्माण पूरा गर्ने सहमति रहेको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा समेत सहज हुने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिनुभयो । भवनको अभावमा विभिन्न उपकरण प्रयोगमा आउन नसकेकामा अब जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने उहाँले बताउनुभयो ।    
    
रु ३१ करोड ५६ लाख ७७ हजार चार सय ६२ मा भवन निर्माण सम्पन्न भएको जनाइएको छ । अध्यक्ष सिंहले तोकिएको समयभित्र निर्माण पूरा भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज भएकोे बताउनुभयो । जिल्ला अस्पताल निर्माणसँगै यहाँबाट प्रवाह हुने सेवा सुविधासमेत सुधार हुनुपर्ने आम नागरिकको माग छ । सामान्य समस्या आउँदा पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नुपर्ने बारेकोट–५ का मोहनजङ्ग शाहीले बताउनुभयो । भवन निर्माण समयमै पूरा गरेकामा निर्माण व्यवसायीलाई अस्पताल विकास समितिका अध्यक्ष सिंहले धन्यवाद दिनुभएको छ ।    
    
अस्पतालले जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारणलाई सेवा पुग्ने छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update