गजल: मायाका टकराव भित्र
- कल्पना पौडेल आचार्य , स्पेन
अनेक स्विकारोक्ती भेटिए, झुकाव भित्र
माया बढ्छ भन्छन् मायाका टकराव भित्र !!
तिम्रा गजलमा, बहर नमिलेर के भो प्रिय
कोर्न नछोड ‘राज’ राज नै राख भाव भित्र !!
पिडा बोल्छन् हरेक शब्दले सृङ्गार रषमा
अझै प्रस्फुटित हुँदैजाओस ती दबाब भित्र !!
नजानेका शिप सिक्दै सिक्दै जाने हो सधैं
धेरै थोक जानिन्छ भन्छन् अझै अभाव भित्र !!
दुनियाँलाई त के छ, मात्र खोताली रहन्छन्
सम्हाल रीष राग आबेग तिम्रा स्वभाव भित्र !!
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ १९:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय