RayNewsDaily
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो   

गोरखा । गोरखा दरबारस्थित दशैंघरबाट काठमाण्डूको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।       
आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताउनुभयो ।    
    
बाजागाजासहितको -याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाण्डूको हनुमान ढोका दरबारमा पु-याइएपछि आज साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ ।    
    
गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाण्डूको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको उहाँले बताउनुभयो । रासस   

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update