RayNewsDaily
चिनियाँ राष्ट्रिय जन कांग्रेसका पूर्व अध्यक्षको निधन

काठमाण्डू । चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका पूर्व अध्यक्ष उ पाङक्ओ को निधन भएको छ । 

उ पाङक्ओ को ८४ वर्षको उमेरमा आज बिहान( 2024 October 8) ४ः३६ बजे पैचिङमा निधन भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । 

चिनियाँ सञ्चार माध्यमहरुले जनाए अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समिति, चीनको मन्त्रिपरिषद्को राज्य परिषद र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिले मंगलबार दिउँसो उ पाङक्ओ को निधन सम्बन्धि जारी गरेका हुन् । 

ती विज्ञप्तिहरुमा भनिएको छ, “कमरेड उ पाङक्ओ एक उत्कृष्ट सीपीसी सदस्य, लामो समयदेखि सक्रिय, वफादार कम्युनिष्ट लडाकु, एक महान सर्वहारा क्रान्तिकारी, एक राजनेता र पार्टी तथा देशका एक उत्कृष्ट नेता हुनुहुन्थ्यो ।”
उ पाङक्ओले सन् २००३ देखि २०१३ सम्म एनपीसीको स्थायी समितिका अध्यक्षको रूपमा काम गर्नुभएको थियो । उक्त वक्तव्यमा जन महाधिवेशनको समाजवादी कानूनी प्रणालीकोे सिद्धान्त र अभ्यासको विकासका साथै समाजवादी प्रजातन्त्रको विकास र सुधारमा उहाँको महत्वपूर्ण योगदानको प्रशंसा गरिएको छ । 

चिनियाँ विशेषतासहितको समाजवादी प्रजातन्त्र र विधिको शासनको निर्माणमा उ पाङक्ओलाई महत्वपूर्ण नेता भन्दै वक्तव्यमा उहाँले एनपीसी र यसको स्थायी समितिको सर्वोच्च प्राथमिकतामा रहेको कानून बनाएको, कानून निर्माणमा वैज्ञानिक र प्रजातान्त्रिक दृष्टिकोण अपनाएको, तर्जुमा र परिमार्जन गरेको उल्लेख छ । सान्दर्भिक कानूनहरू नयाँ परिस्थितिहरूमा अनुकूलन गर्न उ पाङक्ओले संवैधानिक संशोधनका लागि केन्द्रीय समूहको नेताको रूपमा काम गर्नुभएको थियो र दशौं एनपीसीको दोस्रो अधिवेशनमा पारित भएका संवैधानिक संशोधनको मस्यौदालाई व्यवस्थित गर्नुभएको थियो भनि विज्ञप्तिमा भनिएको छ । 

उ पाङक्ओले चिनियाँ विशेषतासहितको समाजवादको विकासमा महत्वपूर्ण योगदान पुर्याउने पृथकता विरोधी कानून र सम्पत्ति कानून जस्ता कानुनको शृङ्खलाको निर्माण र संशोधनको नेतृत्व गर्नुभएको थियो । 

सन् २०१३ को मार्च महिनामा उ पाङक्ओ ले शीर्ष विधायकको पदबाट अवकाश लिनुभयो । त्यसपछि उहालेँ कमरेड सी चिनफिङको केन्द्रमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको नेतृत्वलाई पार्टी र देशको विकासमा गहिरो ध्यान दिँदै भ्रष्टाचारविरुद्धको पार्टीको प्रयासलाई दृढतापूर्वक साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विज्ञप्तिमा जनताको सेवामा समर्पित उ पाङक्ओ कोे गौरवशाली, क्रान्तिकारी जीवन भएको उल्लेख गर्दै यो कम्युनिज्मको आदर्श, पार्टी र देशका लागि अथक संघर्ष गर्ने जीवन रहेको उल्लेख गरिएको छ । उहाँको निधनले पार्टी र राष्ट्रको लागि ठूलो क्षति भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उ पाङक्ओ को क्रान्तिकारी भावना, उत्कृष्ट चरित्र र उदाहरणीय कार्यशैलीबाट सिक्न, चिनियाँ विशेषतासहितको समाजवादको महान् झण्डा बोकेर चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको केन्द्रबिन्दुमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको वरिपरि अझ घनिष्ट भएर एकताबद्ध हुन र एकताबद्ध भएर प्रवद्र्धन गर्न प्रयास गर्न पनि आह्वान गरिएको छ । चिनियाँ आधुनिकीकरणको माध्यमबाट एक बलियो देशको निर्माण र सबै मोर्चाहरूमा राष्ट्रिय कायाकल्पको प्रगतिका लागि उ पाङक्ओका आदर्शहरुलाई अनुसरण गर्नुपर्ने बताईएको छ । चाईना डेली  

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update