RayNewsDaily
चिनियाँ राष्ट्रिय जन कांग्रेसका पूर्व अध्यक्षको अन्त्येष्टि 

काठमाण्डू । चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका पूर्व अध्यक्ष उ पाङको को अन्त्येष्टि गरिएको छ । 

Wu-Bang-Guo-2-1728997042.jpg
चीनको राजधानी पैचिङस्थित पा पाओसान क्रान्तिकारी चिहान क्षेत्रमा हिजो सोमबार(२०२४/१०/१४) उहाँको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको हो । चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङ, चिनियाँ उच्च नेताहरु चाओ लची, वाङ हुनिङ, छाई छी, तिङ स्वे स्याङ, लि सी, हान चङले पा पाओसान क्रान्तिकारी चिहान क्षेत्रमा आयोजित समारोहमा सहभागी हुनुभई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । चीनका पूर्वराष्ट्राध्यक्ष हु चिनथाओले नेता उ पाङकोे को निधनमा दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाउनु भएको थियो । 

Wu-Bang-Guo-3-1728997080.jpg
८४ वर्षको उमेरमा गत मंगलबार बिहान पैचिङमा  चिनियाँ राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका पूर्व अध्यक्ष उ पाङको को निधन भएको हो । अन्तिम श्रद्धाञ्जलि समारोहमा उहाँलाई चिनियाँ कम्युनिष्ट पार्टीका एक उत्कृष्ट सदस्य, लामो समयदेखि सक्रिय राजनीतिज्ञ, वफादार कम्युनिष्ट लडाकु, एक महान सर्वहारा क्रान्तिकारी, एक राजनेता र पार्टी तथा देशका एक उत्कृष्ट नेताको रुपमा स्मरण गरिएको थियो । 

Wu-Bang-Guo-4-1728997118.jpg
पूर्व अध्यक्ष उ पाङको ले चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक व्यूरोको सदस्य, चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालय सदस्य, १५औं चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य र स्थायी समितिको सदस्यको रुपमा सेवा गर्नुभएको थियो । त्यसैगरी उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको १६ औं र १७ औं केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य, राज्य परिषद्का उपाध्यक्ष र १० औं तथा ११ औं राष्ट्रिय जनकंग्रेसको स्थायी समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

Wu-Bang-Guo-5-1728997150.jpg
 


 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update