RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाण्डू । ताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २.४७ अंक बढेर २७४५.३६ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि वृद्धि भएको छ । हिजो साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको मा आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक ७.६३ प्रतिशतले बढेको छ । यसैगरी, एनआईसी एशिया सेलेक्ट फण्ड र सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अप्पर साङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयरमूल्यमा भने ५ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । 

कारोबार रकमका आधारमा आज कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको साढे २६ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update