RayNewsDaily
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गर्नुभएको छ ।    
     
भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update