RayNewsDaily
प्रधानमन्त्री ओलीसँग चिनियाँ नेता छन् काङको भेट

रे समाचार, काठमाण्डू । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा चीनको छिङहाइ प्रान्तका सेक्रेटरी छन् काङ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

PMOfficial_RSS_04_WhatsAppImage2024-10-20at11.01.22AM(2)-1729413049.jpeg

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको सो भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिmङको कुशल नेतृत्वमा चीनमा गरिबीको अन्त्य र चौतर्फी रुपमा भएको विकास असाधारण रहेको उल्लेख गर्दै नेपालले पनि त्यस विकासबाट लाभ लिन चाहने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी दिनुहुँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुहुँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको पनि स्मरण गराउनुभयो । 

चिनियाँ नेता छन् काङले आफू महासचिव सि चिनपिmङको निर्देशनमा नेपाल भ्रमणमा आएको जानकारी गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सँधै साथ रहने स्पष्ट गर्नुभयो । उहाँले नेपालका राजनीतिक दलहरुले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने पनि बताउनुभयो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, विभागका सदस्यहरु डा। अञ्जान शाक्य र गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, नेपालका लागि चिनियाँ राजदूत छन् सोङलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update