RayNewsDaily
शेयर बजारमा आज पनि उच्च गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि उच्च अंकले गिरावट आएको छ । हिजो आइतबार घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ५७.६५ अंक घटेर २६३९.९२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ९० करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.८२ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको शेयरमूल्य भने सर्वाधिक ९.२० प्रतिशतले घटेको छ । यसैगरी, गुडविल फाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज २२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, ङादी ग्रुप पावर र कुमारी बैंकको साढे १७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने गुडविल फाइनान्सको कारोबार रकम १४ करोड नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update