RayNewsDaily
शेयर बजार २५ अंकले वृद्धि

रे समाचार/काठमाण्डू । पछिल्ला दुई कारोबार दिन लगातार घटेको शेयर बजार आज भने बढेर बन्द भएको छ ।

शेयर बजार मापक नेप्से परिसूचक आज २५.८८ अंक बढेर २६६५.८१ विन्दुमा पुगेको छ । नेप्से बढ पनि आज कारोबार रकम भने घटेको छ । हिजो करिब ६ अर्बको शेयर कारोबार भएकोमा आज ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.८६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ भने थ्रिस्टार हाइड्रोपावर, महुली लघुवित्त वित्तीय संस्था र मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य भने आज सर्वाधिक ४.७५ प्रतिशतले घटेको छ ।

sha-1729591403.JPG
कारोबार रकमका आधारमा आज गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको आज १७ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, कुमारी बैंकको करिब १४ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशतले बढेको छ । यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत् र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update